Events

आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता माघ ९ देखि सहारा हङकङबाट १५ लाख

Dec 3, 2017

आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता माघ ९ देखि सहारा हङकङबाट १५ लाख हस्तान्तरण पोखरा १७, मंसिर मोफसलको प्रतिष्ठित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको १६ औं संस्करण २०७४ आउदो माघ ९ गते देखि पोखरा रंगशालामा संचालन हुने भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समिति कास्कीको समन्वयमा […]

सहारा एकेडेमीलाई १५ लाख रुपैयाँ सहयोग

Nov 8, 2017

तेस्रो सहारा साँझ हङकङबाट साढे २२ लाख रुपैयाँ बचत, सहारा एकेडेमीलाई १५ लाख रुपैयाँ सहयोग हङकङ । सहारा क्लव हङकङले आयोजना गरेको तेस्रो सहारा साँझबाट २२ लाख ५३ हजार पाँच सय सात रुपैयाँ (१७०,७६ हङकङ डलर) बचत भएको छ । संस्थाले आईतवार एक कार्यक्रमको आयोजना गरी कार्यक्रमको आयव्यय विवरण सार्वजनिक गरेको हो । संस्थाका सहकोषाध्यक्ष […]

पोखरा बसपार्कलाई व्यबस्थित पार्न ग्रावेलिङ गरी सम्माउन सुरु

Oct 26, 2017

पोखरा बसपार्कलाई व्यबस्थित पार्न ग्रावेलिङ गरी सम्माउन सुरु   पोखरामा अस्त व्यस्त ढंगबाट बसहरु छुट्ने गरेकोमा  अब देखि पोखरा बसपार्कबाटै लामो दुरीका बसहरु छुटने भएका छन। बसपार्कमा रहेका खाल्टाखुल्टी पुर्न र व्यबस्थित पार्न बसपार्कमा ग्रावेलिङ गरी सम्माउने काम भईरहेको सहारा क्लवका अध्यक्ष केशव बहादुर थापाले बताए । करिब ५ लाखको बजेटमा हुन लागेको उक्त कार्य […]

देव गुरुङ र उनकी पत्नी मीना ले सहारा क्लबको एकेडेमीलाई ५० हजार रुपैयाँ सहयोग

Oct 26, 2017

सहारा एकेडेमीलाई गुरुङको सहयोग   1k S सहारा क्लब हङकङका सल्लाहकार देव गुरुङ र उनकी पत्नी मीना गुरुङले सहारा क्लबको एकेडेमीलाई ५० हजार रुपैयाँ सहयोग गरेका छन् । गुरुङ दम्पतीले दोबिल्लास्थित एकेडेमीको अवलोकन गर्दा अध्यक्ष केशवबहादुर थापाले क्लबको वर्तमान गतिविधि एवं भावी योजनाका बारेमा जानकारी दिए । कानुन व्यवसायी, लोकगायक समेत रहेका गुरुङले पहिलो आफ्नो […]

सहारा क्लवको अध्यक्षमा थापा

Sep 16, 2017

सहारा क्लवको अध्यक्षमा थापा दीननाथ बराल पोखरा ३०, भदौ सहारा क्लब पोखराको शुक्रबार साँझ सम्पन्न भएको भएको १९ औं साधारणसभा तथा १० औं अधिवेशनले केशवबहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।क्लबको वरिष्ठ उपाध्यक्षमा हरिराम गुरुङ, उपाध्यक्षमा चित्रबहादुर पुन, महासचिवमा विश्वराज बराल, सचिवमा रामजीप्रसाद अधिकारी, कोषाध्यक्षमा राजु लालचन र सहकोषाध्यक्षमा लिलबहादुर थापा […]

सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट श्रेष्ठ पुरस्कृत

Sep 16, 2017

सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट श्रेष्ठ पुरस्कृत पोखरालाई खेलकुद हव को रुपमा विकास गर्नु पर्छ–सचिव दाहाल दीननाथ बराल पोखरा ३०, भदौ यस बर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७३ बाट रेडियो तथा टेलिभिजनकर्मी सुरज श्रेष्ठ पुरस्कृत भएका छन । सहारा क्लब पोखराले विगत ११ बर्ष देखि निरन्तर प्रदान गर्दै आएको सहारा खेलकुद पत्रकारिता पुरस्कार, यस बर्ष १२ […]

सहारा क्लवको रक्तदानबाट २७ युनिट रंक्त संकलन

Sep 14, 2017

सहारा क्लवको रक्तदानबाट २७ युनिट रंक्त संकलनपोखरा २९, भदौपोखराको सहारा क्लबले आज (विहिबार) पोखरामा आयोजना गरेको खुल्ला रंक्तदान कार्यक्रमबाट २७ युनिट रंक्त संकलन गरेको छ । क्लवको १९ औं वार्षिकोत्सव एवं १० औं अधिवेशनको अवसरमा आयोजना भएको उक्त कार्यक्रममा २७ जनाले रंक्तदान गरेको क्लवले जनाएको छ ।पहिलो रंक्तदाता, कार्यक्रम संयोजक समेत रहेका सुरेन्द्र बहादुर श्रेष्ठलाई […]

सहारा क्लवद्धारा बसपार्क सरसफाई

Sep 13, 2017

सहारा क्लवद्धारा बसपार्क सरसफाई पोखरा २८, भदौ पोखराको सहारा क्लबले आज (बुधबार) बसपार्क क्षेत्रमा सरसफाई गरेको छ । क्लवको १९ औं वार्षिकोत्सव एवं १० औं अधिवेशनको अवसरमा विगतका बर्ष झै यस बर्ष पनि पृथ्बीचोकमा रहेको अव्यबस्थित बसपार्कमा सरसफाई गरिएको क्लवका अध्यक्ष विरभद्र आचार्यले बताए । पोखरा लेखनाथ महानगरपालिका वडा नंं. ९ का वडा सदस्य तथा […]

सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट यस बर्ष श्रेष्ठ पुरस्कृत महेश रानाभाट ,अनिल गुरुङ लक्ष्मण जि. सी सम्मान

Sep 10, 2017

सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट यस बर्ष श्रेष्ठ पुरस्कृत हुने यस बर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट रेडियो तथा टेलिभिजनकर्मी सुरज श्रेष्ठ पुरस्कृत हुने भएका छन । सहारा क्लब पोखराले विगत ११ बर्ष देखि निरन्तर प्रदान गर्दै आएको सहारा खेलकुद पत्रकारिता पुरस्कार, यस बर्ष १२ औ संस्करणबाट पत्रकार श्रेष्ठलाई सम्मान गरिने भएको क्लवले शनिबार जारी गरेको प्रेस […]

पोखरामा बन्यो पहिलो अपांगमैत्री सार्वजनिक शौचालय

Sep 8, 2017

पोखरामा बन्यो पहिलो अपांगमैत्री सार्वजनिक शौचालय २२ भदौ, पोखरा । कास्कीमै पहिलोपटक पोखराको पृथ्वीचोकमा अपांगमैत्री सार्वजनिक शौचालय निर्माण भएको छ । पोखरा लेखनाथ महानगरपालिकासहित केही व्यक्ति र संघ संस्थासँगको साझेदारीमा सहारा क्लव पोखराले कास्कीमै पहिलोपटक अपांगमैत्री शौचालय निर्माण गरेको हो । सहारा क्लब गठन भएको एक वर्षपछि नै २०५६ सालमा निर्माण भएको शौचालय जिर्ण भएर […]

सहारा क्लवको अगुवाईमा पोखरामा दुई उमेर समुहका फुटवल प्रशिक्षण संचालन गर्ने

Aug 2, 2017

सहारा क्लवको अगुवाईमा पोखरामा दुई उमेर समुहका फुटवल प्रशिक्षण संचालन गर्ने तयारी पोखरा १६, साउन सहारा क्लब पोखराले दुई वटा उमेर समुहमा फुटवल  प्रशिक्षण संचालन गर्ने तयारी गरेको छ पोखरामा पछिल्लो क्रममा फुटवल खेलाडीहरुको खडेरी देखा पर्न थालेकोले त्यसलाई पुर्तिगर्न पनि क्लवले १२ र १४ बर्ष मुनिका खेलाडीहरु सहभागि हुने गरी फुटवल  प्रशिक्षण संचालन गर्न […]

१५ आहा रारा कपको आय व्यय २७ लाख ७८ हजार बचत

Jul 16, 2017

१५ आहा रारा कपको आय व्यय सार्वजनिक २७ लाख ७८ हजार बचत पोखरा ३१, असार १५ औं संस्करणको आहा रारा गोल्ड कप २०७३ को शनिबार पोखरामा आय व्यय सार्वजनिक गरिएको छ । गत माघ ४ देखि १५ गतेसम्म पोखरा रंगशालाामा सम्पन्न भएको १५ औं संस्करणको उक्त प्रतियोगिताबाट २७ लाख ७८ हजार बचत भएको क्लवले शनिबार […]

हङकङमा हुने सहारा साँझमा

May 31, 2017

हङकङमा हुने सहारा साँझमा जाने कलाकारलाई बिदाई गरियो सन्देश श्रेष्ठ पोखरा १६, जेठ पोखराको सहारा एकेडेमीको सहयोगार्थ सहारा हङकङको आयोजनामा हङकङमा हुने सहारा साँझमा सहभागी हुने टोलीलाई एक कार्यक्रम गरी पोखराबाट बिदाई गरिएको छ । सहारा क्लव पोखराले मंगलबार एक कार्यक्रम गरी टोलीलाई शुभयात्राको कामनासहित बिदाई गरेको हो । कार्यक्रममा सहारा क्लवका बरिष्ठ उपाध्यक्ष केशवबहादुर […]

युकेमा राखिएको च्यारिटी डिनरबाट संकलित एक लाख सहारा एकेडेमीको

Mar 2, 2017

अक्षयकोषमा दीननाथ बराल पोखरा १९, फागुन वेलायतमा हालै आयोजना भएको च्यारिटी डिनरको कार्यक्रमबाट संकलित एक लाख रुपैया सहारा फुटबल एकेडेमीको अक्षयकोषमा सहयोग प्राप्त भएको छ । भ्यालेन्टाई डे को अवसरमा इभरग्रिन गु्रप (भ्न्न्) यू. के. का सदस्यहरु बिच आयोजित उक्त कार्यक्रमबाट संकलित उक्त रकम सहारा एकेडेमीको अक्षयकोषको लागि सहयोग प्राप्त भएको क्लवले जनाएको छ । […]