हङकङमा घन्कियो सहारा साझ

हङकङ– चर्चित गायिका अन्जु पन्त तथा गायक यशकुमार युङलङ थ्रिएटरमा झुल्कने बितिक्कै दर्शकको ध्यान केन्द्रित भयो । उनिहरुले दशैको शुभकामना बोलको गीतले आफनो प्रस्तुतीको सुरुवात गरे ।

यो थियो सहारा क्लब हङकङ र सहारा क्लब पोखराले दोस्रो पटक सहारा एकेडेमीको सहयोगार्थ गरेको दोस्रो संस्करणको सहारा साझ हङकङ २०१४ अक्टोबर १ तरीक दशैको शुमकामना बोलको यो गीतले थ्रिएटरमा कार्यक्रम हेर्न आएका नेपाली दर्शकलाई आफनो घर गाउ“मा दशैको अनुभव लिएको आभाष दिलायो ।

दीपेन्द्र श्रेष्ठको उद्घोषण संगै सुरु भएको कार्यक्रममा सागर सरी चोखो माया बोलको गीतमा अन्जुलाई यश कुमारले साथ दिए । यो गीतमा दर्शकले उनिहरुलाई राम्रो साथ साथ दिए । अन्जुले कसले चो¥यो मेरा मन, तिर्खा लाग्यो पानी खाए, नबिर्से तिमीलाई लगायतका गीत गाउदा कार्यक्रमको माहौल तातिएको थियो । उनका सबै गीतलाई दर्शकले ताली पिटेर साथ दिए । केही गीत उनलाई दर्शकले दोहोराएर गाउन समेत अनुरोध गरे । चार वर्षको अन्तरालपछि दोस्रो पटक हङकङ पुगेकी गायिकाले नेपाली दर्शकको अपार साथ पाईन । ‘दर्शकको मायाले उत्साह पैदा गराएको छ’ उनले भनिन, यो माया संधै रही रहने आशा लिएको छु ।

त्यस्तै १२ वर्षको अन्तरालपछि आफनो प्रस्तुती दिन हङकङ पुगेका गायक यश कुमारले पनि दर्शकको मन राखे ।

उनले म कहिले हा“सेको थिए, तिम्ले छोएको, बाटोमुनिको फुल लगायतका गीतले मनोरञ्जन दिए । स्वास्थ्यमा केही खराबीका बाबजुत पनि उनले दर्शकको मन राख्न सफल भए ।

राष्ट्रिय महिला भलिबल खेलाडी तथा गुरुङ फिल्मकी नायिका सिपोरा गुरुङ कार्यक्रमको आकर्षण बनिन । उनले दुई गीतमा आकर्षक नृत्य प्रस्तुत गरिन । त्यस्तै गुरुङ पहिरनमा सजिएर दशैको शुमकामना दिइन । त्यस्तै उनले छोटो र सटिक उद्घोषण कला पनि प्रस्तुत गरिन ।

कार्यक्रममा कुनै बेलाको चर्चित पोखरेली ब्यान्ड बफिन्स नाईटी एईटका गायक संजीव गुरुङले नेपाली पनको झझल्को दिलाए । नेपालको झन्डा बोकेर शिर जस्तो सगरमाथा बोलको गीत गाउदा कार्यक्रमको माहौल रंगियो । उनी हल भरी झन्झा हल्लाउदै घुमेर आफनो प्रस्तुती दिए । त्यस्तै द अर्थ ब्यान्डका गायक शिव लामिछानेले पनि कार्यक्रमलाई थप रोचक बनाए । उनका गीतलाई पनि दर्शकले मन पराए । उनले तिम्रो आमगनले चाहे माया गर, गीतले मनोरञ्जन दिए ।

पप आधुनक तथा नृत्यको माहौलाई दोहोरीले अझ रोमाञ्चकारी बनायो । हकङमा दोहोरीमा जमेका दोहोरी गायक देव गुरुङ र नेपालबाट गएकी इनमाया गुरुङको घम्साघम्सी निकै घोचक थियो । दर्शक कम्मर भाचेर नाचे ।

कार्यक्रममा प्रमुख अतिथी सहारा युकेका अध्यक्ष नविक गुरुङले कार्यक्रम सफलताको शुमकामना दिएका थिए सहारा क्लब हङकङ का महासचीब बिल तामाङ ,क्रार्यक्रम का सहयोजक क्लबक का ृउपाध्यक्ष रेनुका गुरुङले क्लब बारे जानबारी दिनु भएको थियो । अघिल्लो वर्ष कार्यक्रमबाट २० लाख रुपैया संकलन भएकोमा दस लाख एकेडेमी संचालनका लागी अक्षयकोषका लागी हस्तान्तरण गरिएको हङकङ सहाराका अध्यक्ष दिपक गुरुङले बताए । उनका अनुसार अहिले सम्म एकेडेमीलाई ३३ लाख रुपैया सहयोग हस्तान्तरण गरिसकिएको छ ।

। हङकङ एन आरएनका अध्यक्ष तथा क्लबका अर्का सल्लाहकार दुर्गा गुरुङले पोखरामा रहेको सहारा एकेडेमीले उदाहरणीय काम गरेकोले सबैलाई सहयोग गर्ने उत्साह पैदा हुने गरेको बताए । अधिकांश कार्यक्रम हङकङमा हुदै आए पनि सहारा साझले मात्रै कार्यक्रमको आयव्यय सार्वजनिक गरेर पारदर्शिता देखाए पनि अन्य आयोजकले पनि यसको सिको गर्न सुझाव दिए ।

कार्यक्रमलाई क्लबका सल्लाकाहर तुलसी गुरुङ, अशोक गुरुङ, मीना गुरुङ, पदमकुमारी गुरुङ, विषेश सहयोगीहरुमा कोमल गुरुङ (स्याङजाली कान्छा) गणेश गुरुङ, देव गुरुङ, , प्रकाश पुन लगायतले साझलाई सहयो गरे । । पोखरा १७, दोविल्लामा २ करोडको लागतमा हालै संचालनमा आएको सहारा एकेडेमिमा कठिन परिस्थिति एवं विपन्न वर्गका वालकहरु सम्मिलित सहारा एकेडेमीमा हाल १२ जिल्लाका २२ जना वालकहरु रहेका छन । क्लवले उक्त एकेडेमीमा ३० जना वालकहरु पुराउने लक्ष्य राखेको छ । सहारा क्लवसंग समन्वय गरी सहारा युके धेरै बर्ष अघिदेखि स्थापना भई सहयोग प्रदान गर्दै आएको छ । कार्यक्रमको नेपाल बाट अफिसियल मिडियामा कान्तिपुर साप्ताहिक र गोलनेपाल डटकम रहेका छन् ।

सहारा एकेडेमीलाई सहयोग

यर्सै बीच सहारा साझमा आफनो प्रस्तुती दिएका गायिका अन्जु पन्त र यश कुमारले सहारा एकेडेमीलाई सहयोग गरेका छन् । गायिका पन्तले १ लाख रुपैया सहयोग गरेका हुन । उनिहरुले कठिन परिस्थितिबाट गुज्रिएका बालबालिकाको भविष्यको लागी सहयोग गरेको बताए ।