सहारा युके, सहारा क्लव हङकङ र सहारा क्लव अष्ट्रेलियाका परिवारद्धारा सहारा एकेडेमी अवलोकन

सहारा परिवारद्धारा सहारा एकेडेमी अवलोकन
हुम तमु
पोखरा, १३ माघ SUR_2862
सहारा परिवारद्धारा पोखरा महानगरपालिका वडा नं. १७ दोविल्लास्थित सहारा एकेडेमीको अवलोकन गरेको छ । सहारा युके, सहारा क्लव हङकङ र सहारा क्लव अष्ट्रेलियाका अध्यक्षसहितको समुहले सहारा क्लव पोखराद्धारा सञ्चालित एकेडेमीको अवलोकन गरेका हुन ।

सहारा युकेका अध्यक्ष मिनबहादुर गुरुङ(साइला) सहित युकेको समुह, सहारा क्लव हङकङका अध्यक्ष दिपक गुरुङ, सहारा क्लव अष्ट्रेलिका अध्यक्ष राजमान थकाली लगायत दोविल्ला पुग्नुभएका अतिथिहरुलाई सहारा क्लवका अध्यक्ष केशबबहादुर थापा, निवर्तमान अध्यक्ष बीरभद्र आचार्य, पुर्व अध्यक्ष बिक्रम थकालीले खादा र फूलद्धारा स्वागत सम्मान गर्नुभएको थियो ।SUR_2841 SUR_2856

उक्त अवसरका एकेडेमीको वर्तमान अवस्थाका बारेमा क्लवका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिनुहुदै सहयोगीहरुको साथका साथै पहिलो पटक नेपाल सरकारको बजेट गरी करिब २५ लाखको लागतमा अर्को तल्ला थप गरिरहेको जानकारी दिनुभयो । स्वागत सम्मानसँगै जलपानको व्यवस्था समेत सहारा क्लव पोखराले गरेको थियो ।SUR_2869

कार्यक्रममा प्रमुख अतिथि सहारा युकेका अध्यक्ष मिनबहादुर गुरुङले समाजको लागि देश विदेशमा क्रियाशील रहेकाले समृद्ध समाज निर्माणका लागि सामुहिकतामा अघि बढ्नुपर्ने बताउनुभयो ।