सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट श्रेष्ठ पुरस्कृत

सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट श्रेष्ठ पुरस्कृत
पोखरालाई खेलकुद हव को रुपमा विकास गर्नु पर्छ–सचिव दाहाल
दीननाथ बराल
पोखरा ३०, भदौ
यस बर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७३ बाट रेडियो तथा टेलिभिजनकर्मी सुरज श्रेष्ठ पुरस्कृत भएका छन । सहारा क्लब पोखराले विगत ११ बर्ष देखि निरन्तर प्रदान गर्दै आएको सहारा खेलकुद पत्रकारिता पुरस्कार, यस बर्ष १२ औ संस्करणबाट पत्रकार श्रेष्ठलाई क्लब १९ औं बार्षिकोत्सव तथा १० औं अधिवेसनको अवसर सुक्रबार पोखरामा प्रदान गरिएको हो ।IMG_2798
कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश प्रसाद दाहाल, क्लवा संस्थापक अध्यक्ष वसन्त थकाली, सल्लाहकार प्रकाश शेरचन, क्लवका अध्यक्ष विरभद्र आचार्यले ताम्रपत्र सहित दोसल्ला, फुल माला तथा खादा लगायर सम्मान गरेका हुन । उक्त पुरस्कारको राषि नगद १५ हजार ५ सय ५५ रहेको छ । पुरस्कृत व्यक्ति पत्रकार श्रेष्ठले उक्त राषिमा ४ हजार ४ सय ४५ रुपैया थप गरी २० हजार सहारा एकेडेमीको लागि आर्थिक सहयोग गर्ने उद्घोष गरे । कार्यक्रममा बोल्दै पुरस्कृत श्रेष्ठले उक्त सम्मानले आफुलाई अझ बढी खेल पत्रकारितामा जिम्मेवार बढेको उनले जनाए ।
तनहुँको डुम्रे घर भई हाल पोखरा सितलादेवि बस्दै आएका पत्रकार श्रेष्ठ पोखरा एफ एम र पोखरा टेलिभिजनमा आवद्ध उनी डेढ दशक देखि पत्रकारीता क्षेमा आवद्ध रहेका छन । प्रतिभा छनौट समितिमा संयोजक नारायण कार्कीले सम्मानित व्यक्तिको चर्चा गर्दै खेलकुद पत्रकारिता पुरस्कारले खेलकुद क्षेत्रमा कलम चलाउने पत्रकारलाई उक्त पुरस्कारले थप हौसला बढ्ने गरेको बताए ।
२०६३ सालमा स्थापित सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट हालसम्म कुलचन्द्र न्यौपाने, २०६४ धन बस्नेत, २०६५ विनोद लामिछाने, २०६६ प्रेम नारायण न्यौपाने, २०६७ राम गुरुङ्ग, २०६८ दीननाथ बराल, २०६९ प्रदिप पौडेल, २०७० एकराज गिरी, २०७१ सागरराज तिमिल्सिना, २०७२ मा कृष्णमणि बराल र २०७३ मा एम बि आस्था मगर यस पुरस्कारबाट पुरस्कृत भई सकेका छन ।
त्यस्तै संस्थाले प्रत्येक बर्ष प्रदान गरिने सहारा उत्कृष्ट पुरस्कार २०७४ बाट यस बर्ष संस्थाका आजिवन सदस्य महेश रानाभाटलाई पुरस्कृत गरेको छ । २०५८ सालको सहारा फुटबल एकेडेमीका उत्पादन नेपाल फुटबल टिम पुर्व क्याप्टेन अनिल गुरुङलाई सम्मान गरिएको छ । २०६१ सालको सहारा फुटबल एकेडेमीका उत्पादन लक्ष्मण जि. सी. नेपाल फुटबल टिमको यूथ २३ छनौट हुन सफल भएकोमा उदयमान खेलाडीको रुपमा प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएकोे छ । क्लवको सल्लाहकार संस्था पृथ्बी राजमार्ग बस संचालक समितिलाई समेत क्लवले सम्मान गरेको छ । समितिका महासचिव योगेन्द्र बहादुर केसी, कोषाध्यक्ष जस बहादुर गुरुङलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश प्रसाद दाहाल, क्लवका संस्थापक अध्यक्ष वसन्त थकाली, सहारा युकेका सल्लाहकार रमेश बास्तोला, क्लवका अध्यक्ष विरभद्र आचार्यले सम्मान पत्र, दोसल्ला र मालाले सम्मान गरेका हुन ।
यसैबिच, युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश प्रसाद दाहालले पोखरालाई खेलकुदको हव को रुपमा विकास गराउनु पर्ने बताए । क्लबको १९ औं बार्षिकोत्सव तथा १० औं अधिवेसनको सुक्रबार पोखरामा उद्घाटन गर्दै उनले पोखराको हावापानी र यहाँको वातावरणको दृष्टिले गर्दा धेरै सम्भावना भएकोले पोखरालाई खेलकुदको हर्वको रुपमा विकास गराउनु पर्नेमा जोड दिएका हुन । पोखरालाई साउथ एसियाकै उत्कृष्ट केलकुदको हव समेत बनाउन सकिने सम्भावना हरेको उनले दाबी गरे ।
उनले भने “ आगामी ३÷४ महिना भित्र पोखरालाई खेलकुद नगरिको रुपमा कसरी विकास गराउन सकिन्छ, यस बिषयमा हामीले छलफल सुरु गरेका छौैं, यसमा हामी मन्त्रालयले मात्र केहि गर्न सक्दैन, यसमा स्थानियहरुको तथा निजी क्षेत्रको ठुलो साथ र सहयोग आवश्यक पर्छ ।” सन २०१९ मा पोखरामा सागका केहि खेलहरु पोखरामा हुने भए पछि यहाँ केहि खेलकुदको भौतिक संरचना निमार्णमा मन्त्रालयले लगानी गरेको बताउदै पोखरामा अन्तराष्ट्रिय स्तरको फुटवल खेल मैदान सहितको प्यराफिट निमार्ण हुने उनले बताए । सरकारले खेलकुद क्षेत्रमा गरेको लगानी कम भएकोले त्यसलाई बढाउन आफुहरुले पटक पटक आग्रह गर्दै आएको सचिव दाहालले गुनासो गरे ।
उद्योगपति तथा हिम श्रीफुड्स प्रालिका अध्यक्ष सुर्य बहादुर केसीले राज्यले गर्नु पर्ने काम सहारा क्लवले गर्दै आएकोले गर्दा क्लवका राम्रो काममा आफुहरुको साथ र सहयोग हुने बताए । नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष आनन्दराज मुल्मीले पोखरामा स्पोटर्स एकेडेमी आवश्यक भएको बताए । पोखरा लेखनाथ उपत्यका महानगरपालिकाका अध्यक्ष सुन्दर कुमार श्रेष्ठले पोखरामा बस पार्क निमार्ण गर्न पोखरेली र राजनीतिक दलहरुको चासोको बिषय भएमा निमार्ण सम्भव हुने दाबी गरे । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष याम बहादुर गुरुङले खेलकुदमा राजनीतिक हावी हुदा नेपाली खेलकुदले गति लिन नसकेको दाबी गरे । आफ्नै कार्यालयमा समेत खेलकुदको राम्रो कामको लागि आएको पत्रहरु समेत हराउने गरेको उनले गुनासो गरे । पृथ्बी राजमार्ग बस संचालक समितिका महासचिव योगेन्द्र केसीले समितिले सहारा एकेडेमीलाई दिगो रुपमा सहयोग गर्ने बताए ।
क्लवका अध्यक्ष विरभद्र आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष केशव बहादुर थापा, महासचिव केशवराज बराल लगायतले वोलेका थिए ।
सहारा क्लवका अध्यक्ष विरभद्र आचार्यले सहारा एकेडेमीको सहयोगार्थ ५५ जहार ५ सय ५५ रुपैया आर्थिक सहयोग गरेका छन । क्लवका कोषाध्यक्ष विश्वराज बराललाई उक्त रकम बराबरको चेक कार्यक्रममा हस्तान्तरण गरेका हुन ।
यसै बिच सहारा एकेडेमीका वालकहरुको शिक्षामा जोड दिने उद्धेश्यले बाबा आनन्द शिक्षा कोष स्थापना हुने भएको छ । उक्त अक्षयकोषमा आनन्दका छोरा एंव बाबा फाउण्डेसनका अध्यक्ष दीलिप श्रेष्ठले २ लाखबाट सुरु गर्ने भएका हुन । प्राप्त रकम एकेडेमीको वालकहरुको शिक्षाको लागि खर्चिने भएको श्रेष्ठले बताए । बर्षेनी करिब २५ हजार रुपैया थप्दै उक्त कोष समेत बृद्धि गर्ने लक्ष्य रहेको उनले जनाए ।