सहारा क्लव : जसले सवैको मन जितेको छ

केशव पाठक, पोखरा ।

भनिन्छ ‘जिने के लिए एक तिन्का काफी’ है । त्यसरी नै पोखराको सहारा क्लव २६ जना वालकहरुको साहारा वनेको छ । जसका वावु आमा छैनन उनिहरुको अभिभावकत्व ग्रहण गरेको छ । तिन्का वा सिन्का मात्र होइन असाहराका लागि खम्वा वनेर उभिएको छ । सामाजिक कार्य गर्न पोखरा वसपार्कका युवा जमातले आज भन्दा १८ वर्ष अघि स्थापना गरेको सहारा क्लवको आफ्नै फुटवल एकाडेमी छ । जहाँ विभिन्न १५ जिल्लाका २६ जना वालकहरु शिक्षा दिक्षा संगै फुटवल सिकिरहेका छन । क्लवको एउटै चाहना छ मोफसल वाट उत्कृष्ट खेलाडी उत्पादन गर्ने उनिहरुलाई आर्दश नागरिक वनाउने । तर यो सवै गर्न एउटा दह«ो इच्छा शक्ति र निरन्तर मेहनतको खाँचो पर्छ नै । “एकाडेमीमा रहेका वालकहरुको भरण पोषण शिक्षाका लागि मासिक ८० हजार खर्च लाग्छ” क्लवका अध्यक्ष विरभद्र आचार्य सुनाउनुहुुन्छ । “हामीले चिकित्सकको सल्लाह अनुसारनै उनीहरुलाई दैनिक खाना दिन्छौ ।” “विद्यालयमा टिफिनको व्यवस्था देखि गाडी भाडा सवैमा खर्च लाग्छ कुनै कञ्जुसाई गर्दैनौ ।” आचार्यको भनाई छ । यत्रो खर्च कसरी जुटाउनुहुन्छ तरु भन्ने प्रश्नमा अध्यक्ष आचार्यले वताउनुहुन्छ “सहाराको एक मात्र आम्दानीको श्रोत प्रत्येक वर्ष क्लवले आयोजना गर्ने आहा रारा गोल्ड कप हो ।” यस वर्ष क्लवले १५ लाख आम्दानी गर्यो । तर यो दिर्घकालिन श्रोत हुन नसक्ने अध्यक्ष आचार्यको भनाई छ । “हामी दिर्घ कालिन श्रोतको खोजिमा छौं र एउटा अक्षय कोष निर्माणमा जुटेका छौ ।” अक्षय कोषमा ६५ लाख उठेको र यसलाई २ करोड वनाउने लक्ष्य रहेको छ । जसको व्याज वाट एकाडेमी सञ्चालन गर्न कुनै समस्या नरहने उहाँको भनाई छ ।

यसका अलवा क्लवले स्थापना कालदेखि आयोजना गर्दै आएको देउसी भैली कार्यक्रम पनि श्रोतको माध्यम हो । तर यसमा राज्यको तर्फ वाट सहयोगको कुनै ठोस पहल भएको छैन । “सहाराको कार्यमा फुटवल खेलको अन्तराष्ट्रिय संस्था फिफाले समेत प्रशंसा गरको छ” अध्यक्ष आचार्यले भन्नुभयो “यदि राज्यको तर्फ वाट समेत एक मुष्ट सहयोग प्राप्त भयो भने हामी जस्ता स्वयसेवी संस्था र यसमा दिन रात कार्य गर्ने स्वयसेवीहरुका लागि गौरवको विषय हुने थियो जसको हामी पर्खाइमा छौं” उहाँले भन्नुभयो । एन्फाले एकाडेमी स्थापनाका लागि ५ लाख दिने घोषण गरे पनि त्यसको आधा रकम मात्रै उपलव्ध गराएको छ । पोखरा क्लव अफ रोटरी फिस्टेलले २२ लाखको लागतमा एकाडेमीकालागि खानेपानीको व्यवस्था गरेको छ । हाल जिल्ला विकास समिती कास्कीको अनुदान रकम मार्फत मैदानमा करिव ७ लाख रुपैंयाको लागतमा शौचालय निर्माण थालिएको छ । असार २५ गते शनिवारका दिन एकाडेमीमा रहेका वालकहरुका लागि फुटवल प्रदान गर्न पुगेकी सामाजिक अभियन्ता सरिता गुरुङ्ग समेत व्यवस्थित एकाडेमी देखेर हर्षित भइन । उनले भनिन “जस्तो सुनेकी थिंए त्यस्तै देखे ।” यो देखेर आफुलाई सहाराको लागि सहयोग गर्नु पर्ने रहेछ भन्ने उत्साह जागेको समेत उनले वताइन ।

उनले सोसियल मिडिया फेसवुक मार्फत उठेको रकम विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेकी छन । अव उनको पहल सहारा एकाडेमीको सहयोगका लागि समेत हुने उनले वताइन । यति वेला सहारा क्लवले विभिन्न मुलुकहरुमा शाखा विस्तार गरेको छ । सहारा युके, सहारा अष्टे«लिया, सहारा हङ्गकङ्गमा मुख्य शाखाहरु छन । अव खाडीका मुलुकहरु लगाएत अन्य मुलुकमा समेत नयाँ शाखा विस्तार गर्ने योजना रहेको आर्चायले जानकारी दिनुभयो । नेपालको पुर्व देखि महाकाली सम्म र हिमाल देखी तराई सम्मका २६ जना विभिन्न उमेर समुहका वालकहरु एकाडेमीमा रहेका छन । त्यस्तै वालक मध्येका एक हुन सुर्खेतका कमल मगर वर्ष १२ का । मिड फिल्डमा खेल्ने उनी क्याप्टेन समेत हुन । उनि एकाडेमी छिरेको २ वर्ष भयो । वावुको मुख नदेखेका उनले ५ वर्षको उमेरमा आमा समेत गुमाए । आफ्ना दाईले उनलाई यहाँ ल्याएको उनले वताए । ७ कक्षामा पढने उनी विहान वेलुका प्रशिक्षक द्वय किरण श्रेष्ठ र लक्ष्मण जिसी सङ्ग फुटवल सिक्छन ।

आचार्यका अनुसार उनी फुटवलमा मात्र नभै कक्षाका समेत पहिलो हुने विद्यार्थी हुन । त्यस्तै ताप्लेजुङ्ग निगारुदिनका अनिस लिम्वु पनि १२ वर्षका हुन । सहारा एकाडेमीमा वस्दा स्र्वगको वसेको अनुभव पाएको वताउँछन । वावु आमा दुवै नभएका उनि गाँउमा कष्टकर जिवन विताएको वताउँछन । ठुलो वुवाले आफुलाई यहाँ ल्याएको वताउने उनी कहिले काँही घरको यादले सताउँछ । तर उनी दृढ छन र भन्छन “म एक दिन राम्रो खेलाडी वन्ने छु ।” त्यस्तै कैलाली वरकिपलियाका भागवत चौधरीको समेत वावु छैनन कक्षा ५ मा पढने उनी भविष्यमा खेलाडी सङ्गै डाक्टर हुने लक्ष्य लिएको वताउँछन । आमाको सहयोगमा यहाँ आउन पाएकोमा उनी गर्व गर्छन ।

घरमा एक छाक खान समेत मुस्किल छ तर एकाडेमीमा हामीलाई सवै सुविधा छ उनले वताए । नेपालको फुटवलको छाता संस्था अखिल नेपाल फुटवल संघ एन्फा वाहेक मुलुकमा सहाराको जस्तो अन्य संस्था छैन जसले एकाडेमी संचालन गरेको होस । हामीले युरोप तिर सुनेका पनि छौ र देखेका पनि छौ त्यहाँ रहेका क्लवहरुको आफ्नै भवन हरु छन र हजारौ दर्शकले खेल हेर्ने स्टेडेयिम पनि । सहारा क्लव नेपालको यस्तोे संस्था हो जसको आफ्नै भवन आफ्नै मैदान छ अर्थात भौतिक पुर्वाधारले सम्पन्न छ । पोखरा १७ स्थित दोविल्लामा २६ रोपनी क्षेत्रफलमा सहाराले दुइ करोडको लगानीमा आफ्नो भौतिक पुर्वाधार खडा गरेको छ । त्यहाँ पुगेर हेर्ने जो सुकै पनि अचम्भ हुन्छन नै मन खोलेर सहयोग समेत गर्छन । वेसाहाराका लागि सहारा वनेर सहारा क्लव आज जसरी उभिएको छ, त्यो उनीहरुको संस्था प्रतिको इमान्दारिता, अनुशासान र लगाव नै हो । सहारा क्लव नेपालको खेलकुदको क्षेत्रमा यस्तो स्वयसेवी संस्था हो जसले सवैको मन जितेको छ जितीरहने छ ।
See more at: http://emuldharnews.com/%E0%A4%96%E0%A5%87%E0%A4%B2%E0%A4%95%E0%A5%81%E0%A4%A6/3909#sthash.s1ALZd4S.dpuf