सहारा क्लवको रक्तदानबाट २७ युनिट रंक्त संकलन

सहारा क्लवको रक्तदानबाट २७ युनिट रंक्त संकलन
पोखरा २९, भदौ
पोखराको सहारा क्लबले आज (विहिबार) पोखरामा आयोजना गरेको खुल्ला रंक्तदान कार्यक्रमबाट २७ युनिट रंक्त संकलन गरेको छ । क्लवको १९ औं वार्षिकोत्सव एवं १० औं अधिवेशनको अवसरमा आयोजना भएको उक्त कार्यक्रममा २७ जनाले रंक्तदान गरेको क्लवले जनाएको छ ।
पहिलो रंक्तदाता, कार्यक्रम संयोजक समेत रहेका सुरेन्द्र बहादुर श्रेष्ठलाई कार्यक्रमका प्रमुख अतिथि पोखरा लेखनाथ महानगरपालिका वडा नंं. ९ का वडा अध्यक्ष रामराज लामिछानेले व्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका हुन। क्लवका अध्यक्ष विरभद्र आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पृथ्बीचोक सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयराम अधिकारी, पृथ्बी होटल संघका अध्यक्ष कमल प्रसाद न्यौपाने, सहारा युकेका सल्लाहकार रमेश वास्तोला, पृथ्बी राजमार्ग बस संचालक समितिका कोषाध्यक्ष जस बहादुर गुरुङ, क्लवका निवर्तमान अध्यक्ष विक्रम थकाली, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, क्लवका महासचिव केशव बहादुर थापा, कार्यक्रम संयोजक सुरेन्द्र बहादुर श्रेष्ठ, नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका उपाध्यक्ष दीननाथ बराल लगायतले क्लवले फुटवलको साथमा सामाजिक कार्य गर्दै आएकोमा प्रंशम्सा गर्दै यस्ता कार्यको निरन्तरताको कामना गरे । कार्यक्रममा क्षेत्रिय रंक्त संचार केन्द्र पोखराको प्राविधिक सहयोग रहेको थियो ।