सहारा क्लवको अध्यक्षमा थापा

सहारा क्लवको अध्यक्षमा थापा
दीननाथ बराल
पोखरा ३०, भदौ
सहारा क्लब पोखराको शुक्रबार साँझ सम्पन्न भएको भएको १९ औं साधारणसभा तथा १० औं अधिवेशनले केशवबहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।क्लबको वरिष्ठ उपाध्यक्षमा हरिराम गुरुङ, उपाध्यक्षमा चित्रबहादुर पुन, महासचिवमा विश्वराज बराल, सचिवमा रामजीप्रसाद अधिकारी, कोषाध्यक्षमा राजु लालचन र सहकोषाध्यक्षमा लिलबहादुर थापा चयन भएका हुन । त्यसै गरी क्लबको सदस्यमा विनु रानामगर, रोजिना गुरुङ, गंगाराज पौडेल, तिलकबहादुर अधिकारी, ज्योति केसी र सन्दीप सुवेदी सर्वसम्वत रुपमा चयन भएका हुन ।IMG_2858

अध्यक्ष थापा यस अघि क्लवको बरिष्ठ उपाध्यक्षमा रहेका थिए । यस बर्ष देखि विधान संसोधन पश्चात ४ वटा उपाध्यक्ष पदलाई घटायर दुई वटा मात्र गरिएको क्लवले जनाएको छ ।